काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थाका बारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बैंकले विज्ञप्तीमार्फत भनेको छ ।
उक्त समाचारमा सत्यता नभएको भन्दै बैंकले बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराएको छ । यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार–प्रसार नगर्न पनि बैंकले सम्बद्ध पक्षलाई आग्रह गरेको छ। ‘यस्ता भ्रामक गतिविधिका विरुद्ध कानुनी कारबाहीको प्रक्रियासमेत अघि बढाउन बैंक बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ।






