प्रचण्डका कारण माओवादी सकिन्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा सकिने टिप्पणी गरेका छन् ।

गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आएको बताए ।

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको भन्दै ओलीले पम्प हाल्न छोडेपछि विस्तारै बेलुन सुक्दै जाने समेत बताएका छन् ।

ओलीले नेकपा एकीकृत समाजवादी पार्टी तर्फ संकेत गर्दै माधव नेपालको पार्टी नै नबनेको उल्लेख गर्दै बन्दै नबनेको पार्टीको कसरी सकिन्छ भनेर टिप्पणी गरे ।

उनले प्रचण्डप्रति कटाक्ष गर्दै प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताएका छन् ।

प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकेको भन्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *