माछापुच्छ्रे गाउँपालिकामा अब पर्यटकलाई प्रवेश शुल्क

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकीय पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसँग प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले विदेशी पर्यटकसँग ५ सय र आन्तरिक पर्यटकसँग १ सय रुपैयाँ प्रवेश शुल्कबापत लिने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले शुक्रबार सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिन लागिएको जनाएका छन् ।

गाउँसभाको निर्णयानुसार पर्यटक सेवा शुल्क लिने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको सूचनामा उल्लेख छ । गाउँसभाले पारित गरेको आर्थिक ऐन २०८० को अनुसूची ६(७) मा पदयात्रीबाट सेवा शुल्क उठाउने व्यवस्था छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *