अमेरिकामा गोलीकाण्ड गर्ने संदिग्ध रोबर्ट कार्ड मृत भेटिए

एजेन्सी । अमेरिकाको मेन राज्यमा गोलीकाण्ड गरि १८ जनाको हत्या गर्ने संदिग्ध रोबर्ट कार्ड मृत फेला परेको एबिसीन्यूजले श्रोतले जनाएको भन्दै समाचार लेखेको छ । मेन गोलीकाण्डका संदिग्ध रोबर्ट कार्ड मृत फेला परेको स्रोतले जनाएको छ भनि एबिसीले समाचार प्रकाशित गरेको छ ।

कार्ड आफैंले गोली हानेको अवस्थामा मृत फेला परेको धेरै कानून प्रवर्तन(प्रहरीका बिभिन्न निकाय)का स्रोतहरूले एबीसी न्यूजलाई बताए।

केही घण्टा आगाडीअधिकारीहरूले मेन गोलीकाण्डका संदिग्ध रोबर्ट कार्डबाट एउटा पूर्जी (नोट) फेला पारेको बताएका थिए ।

उक्त पर्चा अनुसार यदि कार्ड फेला पर्दा जीवित हुने आशा नगरेको संकेत गरेको जनाईएको थिए । उक्त पर्चा हेर्दा आत्महत्या बराबर भएको प्रहरी अधिकारीले सीएनएनलाई बताएका थिए ।

अमेरिकाको मेन राज्यको लेविस्टनमा गत बुधबार भएको गोलीबारीमा १८ जनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए ।

मारिएका मध्ये ८ जना स्किमेन्जिस बार एण्ड ग्रिल( मधुशाला तथा सेकुवा चमेनागृह) मा फेला परेका थिए । भित्र ७ सात जना र एक जना बाहिर फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *