काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार बिहान ९.३० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आईपीओ जारी गरेको थियो । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।