लगातार दुई दिन घटेकाे सेयर बजारमा झिनो सुधार, ५ अर्ब ६५ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो।

बजारमा कारोबार भएका उपसमूहमध्ये ९ वटा समूहको सूचक बढेको छ भने ४ वटा समूहमा गिरावट आएको छ। होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.६ प्रतिशतको गिरावट देखिएको छ।

आज कुल १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ। १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

यस दिन बजारमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ।

आज शिखर पावर र रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुवै कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ।

यसको विपरीत बेनी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन्। कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *