कात्तिक १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। उक्त आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा मंसिर १ गतेसम्म अवधि लम्ब्याइने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *