नेप्सले प्रीमियममा आईपीओ ल्याउने, वार्षिक साधरणसभा आह्वान 

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले आफ्नो १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते काठमाडौंको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित कुल २१.०५३ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश छन्।

सभाले प्रिमियममा आईपीओ ल्याउने सञ्चालक समितिको प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले नेप्स र अन्य उपयुक्त संस्था आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृति गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *