लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । मंगलबार लाओसलाईउसैको मैदानमा १—० गोलले हराउँदै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरे ।

यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *