त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । नेपालमा भोलिदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स युएई सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरेको हो। सिरिजका लागि युएईको टोली नेपाल आइसकेको छ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले घरेलु मैदानमा एसिसी टि–२० विश्वकप छनोट खेल्नेछन्। डबल राउण्ड रोविनमा हुने सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भैसकेको छ। सिरिजका लागि सन्दीप लामिछानेलाई बाहिर राख्दा ललित राजवंशी र लोकेश बमले टोलीमा पुनरागमन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *