उन्नति सहकार्य लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले गत असोज २६ गते स्वीकृति प्रदान गरेको हो ।

अब उन्नति सहकार्य लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नेछ। यो एफपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *