युनिलिभरको बम्पर लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रतिसेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *