‘अफलाइन ड्राइभ’ गरेको आरोपमा पठाओ र इनड्राइभका ८३ जना पक्राउ

काठमाडौं । अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको उपरीक्षक ढुंगेलले बताए । उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *