इजरायलबाट थप २०० नेपालीले दिए स्वदेश फर्किन निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

काठमाडौं । इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि खाेजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *