काठमाडाैं । नबिल बैंकले दसैँका लागि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो ।
नबिल बैंकले लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्।
नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।
Artha Sanjal






