दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले कार्यकर्ताको गाडी तोडफोड

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताले झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम नजिकै पार्किङ गरिएका गाडीहरु तोडफोड गरेका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता महेश बस्नेत सहित कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड भएको हो ।

बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्नको खोजी भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *