साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडाैं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा आइपुगेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अंकले घटेर ३५९. १३ को विन्दुमा पुगेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब ७० करोड १२ लाख ९हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।

आज भगवती हाइड्रोपावर तथा मीड सोलु हाइड्रो पावरका सेयरधनीहरुले धेरै कमाएका छन् ।

भगवती हाइड्रो पावर र मीड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यी दुवै कम्पनीको यो दिन पहिलो सेयर कारोबार भएको हो । यसैगरी यो दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरभाउ ९.९८प्रतिशत बढीले उकालो लागेको छ भने एनआईबीएल ग्रोथ फण्डको इकाई ९.९५ प्रतिशतले उकालो लागेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *