भारतीय खसि बोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग

काठमाडौं । नेकपा एमालेका सांसद महेश कुमार बर्तौताले, भारतबाट अवैध रुपमा आयात भएका खसी बोकाहरुको नियन्त्रण गर्न सरकारलाई माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसानहरु बजारको माग गर्दै मन्त्रलाय धाईरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसी बोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।

‘नेपालका किसानहरु हामीले बाख्रा पाल्यौं उत्पादन ग¥यौ तर बजार पाएनौं , मूल्य पाएनौ भन्नुहुन्छ । भारतको खसी बोकाले कब्जा ग¥यो बजार ।

नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसी बोका मासुको लागि आयात भएको छैन् ।’ उनले भने,‘ तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढि भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ । गम्भिर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ?यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’

नेपालको सिमानामा कडा भन्दा कडा सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *