सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस बैंकको चुक्तापुँजी १४ अर्ब ८ करोड रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *