काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल र माण्डु हाइड्रोपवारको सेयर आजबाट दोस्रो बजारमा कारोबार खुलेको छ। प्रि–सेसनमा प्रतिकित्ता हाथवेको २८५.२० रुपैयाँ र माण्डुको ३७३.२० रुपैयाँमा किनबेच भएका छन्।
नेप्सेमा यी दुवै कम्पनीको आईपीओ हिजो मंगलबार सूचीकृत भएको थियो । पहिलो कारोबारका लागि प्रतिकित्ता माण्डु हाइड्रोले न्यूनतम १२४.४२ रुपैयाँदेखि अधिकतममा ३७३.२६ रुपैयाँ र हाथवेले ९५.०९ रुपैयाँदेखि अधिकतममा २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज पाएका थिए।
नेप्सेमा माण्डुको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता र हाथवेको ५० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख कित्ता सेयर सर्वसाधारण सूचीकृत भएको छ।




