शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमा १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश छन्।

बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *