काठमाडौं । युवा गायक आशिष थापाको नयाँ गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ ।
थापाको स्वरमा सार्वजनिक भएको उक्त गीतमा सरोज बीर बिक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयंम गायक थापाले नै संगीत भरेका छन् । राहुल विश्वकर्माको गीतार र भुुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुुमधुर बनाएको छ ।
बिक्रान्त रेग्मीद्वारा डिजाइन गरिएको उक्त गीतको लिरिकल भिडियो गायक आशिष थापाको अफिसियल युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस् :







