इजरायलमा मारिएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं। इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को निर्णयले आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय गरिएको छ। बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *