दसैँमा घर जान गोंगबु बसपार्कमा टिकट काट्नेको भीड (तस्बिरहरू)

काठमाडौं । नेपालीहरुको मुख्य पर्व वडादशैंकाे अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र विजया दशमीको दिन ठूलावडाबाट आर्शिवाद दिने गरिन्छ ।

परदेशीहरुको घर फिर्तीले आफन्तजनको अनुहार उज्यालिन्छ । त्यसैले यही अवसरमा फर्किन्छन् परदेशी र घरबाट टाढिएका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुसी लिएर ।

यसरी घर फर्किनेको भीड काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरुमा प्रशस्तै देखिन्छ । झोला र बालबच्चा बोकेका उनीहरुलाई भनेको बेला गाडी पाउने नपाउने चिन्ताले सताउँछ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ । अग्रिम टिकट खुलेसँगै बसपार्कमा भिडभाड बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *