पहिलो खेलमा सन्दीपको टोली पराजित, रसेलको पनि केही चलेन

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा मंगलबार विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवनले रोमाञ्चक जित हात पारेको हो । १५८ रनको लक्ष्य पछ्याएको विराटनगरलाई खेल सकिन ३ बल बाँकी छँदै १४९ रनमा अलआउट गर्दै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बलर कमलसिंह ऐरीले ४ विकेट लिए भने रिजन ढकालले २ विकेट लिए । कमलले १८औं ओभरमा लगातार दुई विकेट लिँदै चितवनलाई जिततर्फ अग्रसर गराएका थिएतर्फ फर्काएको खेलको १९ औँ ओभरमा रिजनले २ विकेट लिँदै टिमलाई जिताएका थिए ।

विराटनगरका लागि आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । यसैगरी इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए पनि टिमलाइृ जिताउन सकेनन् ।

टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा ७० रन बनाए भने कप्तान रवि बोपाराले ३२ र डान मोस्लीले नटआउट २९ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *