काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दियो ।
उनीहरूविरूद्ध फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
Artha Sanjal







