काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई इजरायलमा भएको घटनाबाट नेपाली समुदायमा भएको क्षतिबारे आज सदमा जानकारी गराएका छन् ।
संसद बैठकको सुरुमा प्रतिनिधिसभामा मन्त्री साउदले इजरायलमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे सांसदहरुलाई जानकारी गराएका हुन् । उनका अनुसार इजरायलको अहिले द्वन्द्व भइरहेको ठाउँमा १७ जना नेपाली रहेको बताएका छन् । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा हमास समूहद्वारा आक्रमण भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् ।
मन्त्री साउदले उक्त स्थानमा आक्रमणबाट दुईजना बच्न सफल भएको, तीनजना आक्रमणमा परि घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको साथै १२ जनाको अवस्था अज्ञात रहेको बताए। मन्त्री साउदका अनुसार १२ जनामध्ये कोही सम्पर्कमा नै नरहेको र कोही हताहत भएको हुनसक्ने जानकारी इजरायलमा रहेको नेपाली दूतावासले दिएको छ ।
इजरायलमा हिजो मात्रै हमास समूहले गाजाँ क्षेत्रमा रकेट आक्रमण गरेको थियो । गाँजा क्षेत्रको आसपासमा पनि द्वन्द्व चर्किएको छ ।इजरायलमा चार हजार पाँच सय नेपाली नागरिकहरु कियर गिभरको रुपमा काम गर्न गरेको नेपाल सरकारले जानकारी दिएको छ । त्यसमध्ये २६५ जना इजरायल सकरकारको अनुदानमा पढ्न र काम गर्न ‘लर्न एण्ड अर्न’ प्रोग्रामअन्तर्गत विद्यार्थीहरु पढ्न गएका छन् । २६५ जनामध्ये कृषि विद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना
विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका हुन् । सरकारले इजरायलमा भएका नेपालीको उद्धार तथा राहतका लागि परराष्ट्रमन्त्रीको संयोजकमा समिति समेत गठन भएको छ । समितिले इजरायमा भएका नेपालीहरुको अवस्था बुझ्ने र आवश्यक ठानेमा उद्धार गर्नेछ ।




