सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

यसअघि बिहीबार पनि सुन-चाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *