चर्को आलोचनापछि पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । दसैँको मुखमा मूल्य बढाएको भन्दै चर्को आलोचनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर छलफल गरेका छन् ।

निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको बताएका छन् ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको छ ।

खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *