अश्लील हर्कत गरेको आरोपमा डेढ दर्जन टिकटकर पक्राउ

राैतहट । होहल्ला गरेको आरोपमा  प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई  नियन्त्रणमा लिई हिरासतमा राखेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार  सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा  अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो ।

वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १  जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन ।  पक्राउ गरिएका सबेे  दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा  ढक्कयाई खोल्न लगाउने  तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो।

विहिवार राति १२ बजे सम्म  तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा  रहेका दर्शक भागेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *