५ केजी चरेससहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ। पाँच केजी चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा रहेका छन् ।

उनीहरूबाट पाँच किलो चरेस, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *