अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको सूचना

काठमाडौं। त्रिभुवन विश्वविद्यालय ले अतिक्रमण तथा अनधिकृत रूपमा कब्जा गरिएका आफ्ना सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ।

विश्वविद्यालयका अनुसार स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले कानून विपरीत कब्जा, भोग तथा नियन्त्रण गर्दै आएका छन्।

यसै सन्दर्भमा त्रिविको सामान्य प्रशासन शाखाले सूचना जारी गर्दै ती सम्पत्ति ३५ दिनभित्र फिर्ता नगरेमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *