अप्पर लोहेरे खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । अप्पर लोहेरे खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २६ लाख कित्ता (५१ प्रतिशत) रहेको छ भने ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित) रहेको छ।

अब कम्पनीको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ ।

नेप्सेले यो कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७.८७ रुपैयाँ र अधिकतममा २९३.६१ रुपैयाँ तोकेको छ। भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *