एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

काठमाडौं । भारत का चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौं तताउने भएको छ । आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्याण्डले ठमेलस्थित क्लब एलओडीमा लाइभ प्रस्तुति दिने भएको हो । ९० को दशकदेखि हालसम्म पनि उत्तिकै लोकप्रिय यो ब्याण्ड भारतमा चर्चित ब्याण्ड अन्तर्गत पर्छ । यो ब्यान्डको प्रस्तुति नेपालमा गराउन एलओडी र ‘एल एण्ड एन’ मोडल एजेन्सी एवंम ३६५ मिडिया एण्ड इभेन्ट्सले सहकार्यले सहकार्य गरेका छन् ।

चर्चित गायक निरज श्रीधरका २ हजार भन्दा बढि सुपरहिट गित संगीत छन् । चर्चित गीत ‘ओ चलि ओ चलि देखो प्यारकी गली’ , ‘छोड दो आचल जमाना क्या कहेगा’, ‘हरे राम हरे राम हरे कृष्ण हरे राम’, ‘हे बेबी’ ,’तेरी आखे भुल भुलैया’, ‘चादनी चोक टू चाईना’, ‘गोलमाल गोलमाल’ लगायतका दर्जनौं गीतले नीरज भारतसँगै नेपालमा समेत चर्चित छन् ।

यो कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण र प्रवर्धनसँगै व्यवसाय प्रवर्धन समेत रहेको आयोजकको तर्फबाट मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए । यो शनिबारबाटै टिकट बिक्री सुरू हुँदा उक्त कार्यक्रमको लागि ई-सेवाबाट जनरल टिकट रू एक हजार ५ सय र भीइपी टिकट २ हजार ५ सय तोकिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *