भदौमा २६ करोडले घट्यो पुँजीगत लाभकर

काठमाडौं । साउनको तुलनामा भदौमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकरमा गिरावट आएको छ । भदौमा पुँजीगत लाभकर २६ करोड ८ लाख २२ हजार ५४३ रुपैयाँले घटेको हो ।

भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ मात्र संकलन भएको छ । जबकी साउनमा पुँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको थियो ।

साउनको तुलनामा भदौमा संस्थागत लगानीकर्ताबाट उठ्ने कर, व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ ।

साउनमा व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ थियो । भदौमा ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँमा सीमित भएको छ ।

दीर्घकालीन लगानीकर्ताबाट साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । भदौमा ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ उठेको छ ।

संस्थागत लगानीकर्ताले साउनमा ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । भदौमा ६७ लाख ९०१ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *