सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६.२४ अंकले बढेर १९८५.४३ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.४३ अंकले बढेर ३८१.१७ को विन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिन भारी अंकले घटेको बजार सोमबार र मंगलबार भने बढेको हो ।

आज २७३ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

आज होटल र व्यापार समूह बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ। यस दिन १८२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३६ कम्पनीको सेयर मूल्य घटेको छ ।

होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक एक दशमलव ४८, वित्त एक दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोकार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रू १० करोड ६४ लाख ४३ हजार छ सय ९१ बराबरको दुई लाख २० हजार ५६ कित्ता सेयर किनबेच भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *