मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवदेन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत भदौ २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको छ।

यसअघि कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकमबराबरको रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ।

जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकिएको तथा १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार यो आईपीओ हिजो असोज १ गते साँझसम्म १० लाख ३० हजार ७४२ आवेदकबाट कुल १ करोड १६ लाख ३० हजार ५२० कित्ता सेयर खरिद आवेदन परेको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

मिड सोलुको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *