

काठमाडौं । सोमबार नेपाली मुद्राको तुलनामा अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ भने डलरको मूल्य भने स्थिर छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको मुद्राको खरिद-बिक्रीदरअनुसार आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो।
आज युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार युरो एकको खरिदमा १४१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४२ रुपैयाँ १६ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा १४१ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३१ पैसा तोकिएको थियो।
त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रूपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३० पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४२ पैसा पाइन्छ।
त्यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा पाइन्छ। सोमबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा पाइन्छ।
त्यसैगरी आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८१ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर भने ३५२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८६ पैसा तोकिएको छ।

अर्थ सन्जाल