प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका चार कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार सम्म

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार सम्म रहेको छ । क्यापिटले फागुन १३ गतेदेखि आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

कम्पनी, संघ संस्थाहरुले फागुन २० शुक्रवार कार्यालय समयसम्म आवेदन बुझाउन सक्नेछन् । साथै कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यस भन्दा अगाडि नै सम्बन्धीत कम्पनीले ३५ दिने सुचना प्रकाशित गरिसकेको उहाले जानकारी गराएको छ। शेयर खरीदको लागि न्यूनतम मूल्य आइसीएफसी फाइनान्सको हकमा रू। १९५,नेपाल ग्रामिण विकास लघुवित्तको रू ३७५, नेशनल लाइफ इन्स्योरेन्सको रू ३९० र नेपाल लाइफ इन्स्योरेन्सको हकमा रू ९०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरीदको लागि आवेदकले बोलकबोल गर्दा चार कम्पनीहरुको न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम माथि उल्लेखित सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने क्यापिटले जानकारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *