

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैपाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल