अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तेइस वर्षपछि स्व. सिंहको प्रतिमा अनावरण हुने

  • अर्थ सन्जाल
  • २९ भाद्र २०८०, शुक्रबार १५:४१


काठमाडौं। अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गरेका थिए ।

प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ ।

धलौटको यस सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजीको छ । सालिक निर्माण गर्न एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले जानकारी दिए ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व सिंहले सर्वोच्च कमान्डरको भूमिका निर्वाह गर्नु भई नेपाली जनतालाई पुनः प्रजातन्त्र प्राप्तिमा पु¥याएको योगदानको कदरस्वरुप भक्तपुरमा उनको सालिक निर्माण गरिएको हो ।

विसं २०५४ मा स्व सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गरेका थिए । ढुङ्गेल भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिमाको अनावरण असोज २ गते स्व सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कूल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल सरकार, बागमती प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहकार्यमा तयार गरी सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका सहिदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको छ ।

गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रबारे विज्ञ तथा अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशन गराएर भविष्यको पुस्तालाई प्रजातन्त्रप्रति जागरुक गर्ने थलोका रूपमा यस बाटिकाको विकास गर्ने लक्ष्य लिएकोे पनि समितिले जनाएको छ ।

Artha Sanjal
मिती : २९ भाद्र २०८०, शुक्रबार १५:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.