काठमाडाैं। नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको भाउमा कुनै फेरबदल भएको छैन। आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।
सुनको भाउ मंगलबार पनि स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।




