काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, टोखा–छहरे सुरुङ्ग मार्ग बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
टोखा–छहरे सुरुङ्गको वातावरण प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अवलोकन तथा निरिक्षण गर्दै उनले सुरुङ्ग मार्गले रसुवागढी चीन जाने नाकासम्म र पृथ्वी राजमार्गबाट काठमाडौंमा सजह पहुँच पु¥याउँने भन्दै यस विषयलाई सरकारले प्राथमिकतामा राखेका दाबी गरे ।
उनले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । हामीले यसको लागि बजेट विनियोजन पनि गरेका छौ । त्यसको अर्थ यो सुरुङ्ग मार्ग बनाउँन हामी गम्भीर छौ । यसले रसुवागढी चीन जाने नाकासम्म मात्रै नभएर पृथ्वी राजमार्गबाट आउँने ट्राफिकलाई पनि छिटो काठमाडौंमा पहुँच पु¥याउँछ । त्यस हुनाले दुबै कारणले गर्दा यो सुरुङ्ग मार्ग महत्वपूर्ण छ । यो यहाँको जनताको लागि मात्रै होईन अन्तरराष्ट्रिय स्तरको व्यापार, आवत जावतमा सजिलो हुने हुनाले यसलाई प्राथमिकतामा राखेका छौ ।’
यस्तै, उनले सुरुङ्ग मार्ग निमार्णमा चीनको पनि चासो रहेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणमा यो विषय प्रस्तावको रुपमा जाने पनि बताए ।
उनले भने, ‘प्राविधिक तहमा चीन सरकारले यसको अध्ययन गरेको छ । यसलाई जतिसम्म सकिन्छ निमार्ण गर्ने पक्षमा हामी छौ र यसमा चीन सरकारले पनि चासो देखाउँनु भएको छ । प्रधानमन्त्रीको चीन भ्रमण पनि हुदैँ छ त्यस अर्थमा पनि यसलाई प्राथमिकतामा राखेका छौ । नेपालकोे तर्फबाट चीन भ्रमणमा यो प्रस्तावको रुपमा जान्छ ।’




