सेयर बजारमा ४४.३० अंकको वृद्धि, कारोबार रकम करिब साढे एक अर्ब

काठमाडौं । साताको दाेस्राे कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले बढेर ३८१.६४ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँमा किनबेच भनेको नेप्सेले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।

यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ ।

साल्ट ट्रेडिङको सर्वाधिक ६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

एभरेस्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड २४ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ५ करोड २३ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ९६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३ करोड ५२ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ४९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३ करोड ३२ लाख रुपैयाँ बढीको  सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *