लगातार सुनचाँदीको मूल्य घट्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजार बिहीबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

आजसँगै लगातार ३ दिन सुन–चाँदीको भाउमा गिरावट आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *