काठमाडौं। कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ। आक्रमण गर्ने ४७ वर्षीय श्याम बहादुर सापकोटाले कार्यक्रममा सहभागी हुनुपूर्व नै खुकुरी बोकेर आएको भेटिएको छ । बुधवार काठमाडौँ महानगरपालिका २८ स्थित भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् ।

सह-महामन्त्री यादवको टाउको पछाडि चोट लागेको छ । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन आउँदा नै सापकोटाले झोलामा खुकुरी लिएर आएको भेटिएको छ ।
आफूलाई नागरिक अभियन्ता बताउने नुवाकोटको विदुर–७ घर भएका सापकोटाले योजनाबद्ध रुपमा नै खुकुरी बोकेर आएको भेटिएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ‘म राष्ट्रवादी हुँ, नेताहरुले काम नगरेको हुनाले रिसमा खुकुरी हानेँ ।’




