काठमाडौं । शतप्रतिशत हकप्रद सेयर जारी गर्ने एजेन्डासहित माईखोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ९ गते काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा साधारणसभा बोलाएको हो ।
साधारणसभामा हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन लगायतका एजेन्डाहरु प्रस्तुत हुनेछन् । सभाले संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, संचालक समितिले प्रस्ताव गरी कम्पनीको साधारणसभामा पेश गर्न विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता सेयरपुँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने , संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।




