एनआरएनले एक हजार डलरमै नेपालमा बैंक खाता खोल्न सक्ने

गैरआवासी नेपालीहरु एनआरएनले एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।

बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बताएका छन् । यसले मुलुकको अर्थतन्त्र र गैरआवासीय नेपालीहरुलाई समेत फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले भनेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति बनाएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

बैंकिङ विज्ञ अनलराज भट्टराई यो व्यवस्था एकदमै राम्रो भएको र यसले नेपालीमा लगानी भित्र्याउन पनि महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् । यो व्यवस्थाबारे अब संसारभर रहेका गैर आवासीय नेपालीहरुलाई बुझाउनु पर्ने उनले बताएका छन् । तर यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *