डिम्याट खाता नवीकरण नगरेकाले आजदेखि आईपीओ भर्न नपाउने

काठमाडौं । हितग्राही खाता (डिम्याट खाता) नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ एकाउन्ट आजदेखि रोक्का भएको छ। सीडीएस एन्ड क्लियरिङले डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको खाता रोक्का राखेको हो ।

सीडीएससीले गत साउन १६ गते एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको थियो । यसका लागि सीडीएससीले डिम्याट खाता नवीकरण गर्न भदौ १५ गतेसम्मको म्याद दिएको थियो ।

डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP)लाई बुझाउनुपर्ने व्यवस्था छ । वार्षिक शुल्क बुझाउनको लागि भदौ १५ गतेसम्म समय दिँदा पनि नबुझाएपछि सीडीएससीले आजबाट डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नखुल्ने बनाएको हो।

अब लगानीकर्ताहरुले आफ्नो डिम्याट खाता नवीकरण नगरेसम्म मेरो सेयर नखुल्ने सीडीएससीले जनाएको छ । डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताहरु आईपीओ, हकप्रदलगायतका साधारण सेयर पनि भर्नबाट बञ्चित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *