ऋण तिर्न नसकेपछि सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम गर्दै कर्मचारी सञ्चय कोष

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम गर्ने भएको छ । कर्मचारी सञ्चय कोषले ललितपुरको इमाडोलमा रहेको १० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङ लिलामी प्रक्रिया अघि बढाएको छ ।

१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहीनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ ।

हाउजिङले ऋण नतिरेपछि कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवन लिलामी गरेर ऋण असुलउपर गर्न लागेको हो । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।

बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको साँवा तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नु पर्ने दायित्व छ । बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ ।

एक हजार रुपैयाँ फिर्ता नहुनेगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खातामा जम्मा गरेर सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने कोषले जनाएको छ ।

पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *